दफा ८
भ्रमण सम्बन्धी अन्य व्यवस्था
(१) मन्त्रीहरूले भ्रमणबाट फर्केको दिनको आधा दैनिक भत्ता पाउनेछन् । यस्तो भत्ता निजहरूले फर्केको अघिल्लो दिन बसेको स्थानको लागि पाउने न्यूनतम दैनिक भत्ताको आधा हुनेछ ।
(२) भ्रमण भत्ताको भुक्तानीको निमित्त मन्त्रीहरूले भ्रमणबाट फर्केको मितिले पैंतीस दिनभित्र भ्रमण बिल भरी कोष प्रमाण, लगबुक, बिल, भर्पाई आदि आवश्यक प्रमाणहरू उपलब्ध गराउनु पर्नेछ ।